नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्न १६० जना जनशक्ति चाहिने !

थानकोट ।
चन्द्रागिरि नगरपालिका र धुनिवेंशी नगरपालिकामा निर्माण भइरहेको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनको मोडालिटीमाथि तयार पार्ने क्रम जारी छ ।
सडक विभागद्वारा गठित अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्न कूल १६० जना जनशक्तिको आवश्यकता पर्ने अनुमान गरिएको छ ।
सडक विभागले २०८० साउन २१ गते परामर्शदाताले दिएको डिजाइन प्रतिवेदनलाई पुनः रिभ्यु गर्नका लागि अध्ययन कार्यदल गठन गरेको थियो ।
सोही कार्यदलले पेस गरेको प्रतिवेदनमा सुरुङ मार्ग सञ्चालन गर्न वार्षिक ५० करोड रूपैयाँ खर्च हुने उल्लेख गरिएको छ ।
सात वर्षअघि साना गाडीसँग (कार, जीप, भ्यान) प्रतिकिलोमिटर २५ रूपैयाँ र ठूला गाडीसँग (बस, ट्रक) प्रतिकिलोमिटर ३५ रूपैयाँ शुल्क उठाउन परामर्शदाता कम्पनीले प्रस्ताव गरेको थियो । सुरुङमार्गमा मोटरसाइकल, टेम्पु र प्रज्ज्वलनशील पदार्थ बोक्ने ट्यांकर आदिको भने प्रवेश हुने छैन् ।
दिनरात निरन्तर सञ्चालन हुने हुनाले धेरैजसो कर्मचारीहरूलाई सिफ्टवाइज खटाउनु पर्ने तथा हरेक सिफ्टमा १/१ जना ब्याकअप समेत राख्नु पर्ने भन्दै कूल १६० जना जनशक्ति आवश्यक पर्ने विभागद्वारा गठित कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको खबर अजय अनुरागीले लोकान्तरमा लेखेका छन् ।
How can we apply