बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनासँग अन्तर्वार्ता लिइँदै

Thankot Times

थानकोट ।

नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन दिनेहरूलाई अर्थ मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको छ । 

कार्ययोजनासहित अन्तर्वार्तामा उपस्थित हुन अर्थ मन्त्रालयले मिति तय गर्दै सार्वजनिक सूचना जारी गरेको छ । 

आवेदकहरूमध्ये संक्षिप्त सूचीमा समावेश भएका कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझालाई मन्त्रालयले व्यावसायिक कार्य योजनाको प्रस्तुतिकरण र अन्तरर्वार्ताका फागुन १० गतेका लागि बोलाएको छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *