नैकापमा शिन क्योकुशिन कराँतेको बेल्ट टेस्ट सम्पन्न

Thankot Times

थानकोट ।

नेपाल शिन क्योकुशिन कराँते संघ शाखा डोजो चन्द्रागिरिले बेल्ट टेस्ट आयोजना गरेको छ ।

चन्द्रागिरि नगरपालिका- १४ नैकापस्थित मंगल मा.वि. शनिबार सो कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा खेलाडीहरुले क्रमशः ब्राउन, ग्रीन, एल्लो, ब्लु र ओरेन्ज बेल्ट प्राप्त गरेका छन्।

बेल्ट टेस्ट कार्यक्रममा शिन क्योकुशिन चन्द्रागिरि शाखाका अध्यक्ष सुर्य कुमार कार्की, चन्द्रागिरि नगरपालिका वडा नं. १४ का अध्यक्ष राजभाई महर्जन, नेपाल शिन क्योकुशिन कराँते संघका नेपाल प्रमुख सुर्य बहादुर बुढाथोकी, चन्द्रागिरि नगरपालिका वडा नं. १५ का पूर्व वडाअध्यक्ष उत्तम राउत एवं समाजसेवी तथा शाखा डोजोका सल्लाहकारहरु उदय भण्डारी र ईश्वर पौड्याल, उपाध्यक्ष निरज कार्की, कोषाध्यक्ष अश्विन कुमार कार्की र मंगल मा.वि. का प्रधानाध्यापक कृष्णहरि कार्की लगायतको उपस्थिति रहेको नेपाल शिन क्योकुशिन कराँते संघ शाखा डोजो चन्द्रागिरिले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *