नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो आवेदन

थानकोट।
नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ ।
क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो ।
क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।
साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ ।
फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ ।
भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएपछि उनीसँगको सम्झौता नवीकरण भएको थिएन।
क्यानले जारी गरेको सूचना हेराैं