बल्खुमा हिट एण्ड रन, एक पुरुषको ज्यान गयो, ठक्कर दिने सवारीसाधन फरार

थानकोट ।
बल्खुमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
बल्खु चोकको फाइल फोटो