उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइँदै (भिडिवो)

थानकोट ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए ।
गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारछि उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै छ ।
पौडेलको घाँटी, गालामा आगोले पोलेको छ ।
दुवैको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुने बताइएको छ ।