थानकोट अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण कार्यक्रममा उल्लेख्य सहभागीता
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नंं ४ को कार्यालयले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण कार्यक्रममा करिब १ सय जना ज्येष्ठ नागरिकहरूले सेवा लिएका छन् ।
प्राथमिक अस्पताल थानकोटका निर्देशक हेमनाथ आचार्यले थानकोट टाइम्सलाई दिनुभएको जानकारी अनुसार निःशुल्क स्वास्थ्य जाँचका क्रममा औषधी आवश्यक देखिएका ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क औषधी वितरण गरिएको थियो । सो क्रममा दम, मधुमेह, ग्यास्ट्रिक तथा रक्तचापका बिरामीको पहिचान गरिएको थियो ।
वडाध्यक्ष कृष्णप्रसाद खड्गीले सो क्रममा चन्द्रगािरि वडा नं. ४ मा स्थायी बसोबास गरिरहेका ७० वर्ष उमेर पूरा भएका नागरिकहरूले स्वास्थ्य जाँच गराएका थिए ।