जुवातास खेलेको आरोपमा चन्द्रागिरिबाट ११ जना पक्राउ, फेला पर्यो ८ लाख ५० हजार रुपैयाँ

थानकोट ।
चन्द्रागिरिबाट प्रहरीले जुवातास खेलेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ ।
काैडा तथा तास खेलिरहेको अभियोगमा चन्द्रागिरि नगरपालिका बोसिगाउँबाट घरधनी समेत ११ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५० हजार १ सय १ रूपैयाँ, कौडा १८ थान र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।
एआई इमेज