मच्छेगाउँमा इनार खन्ने क्रममा पुरिएर बेहोस भएका श्रमिकको मृत्यु

थानकोट ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित टाैखेलमा खनिएको नयाँ इनारमा रिङ राख्ने क्रममा माथिबाट माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएका पुरुषको अस्पतालमा मृत्यु भएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार मंगलबार दिउँसो करिब २ः३५ बजेको सो घटनापछि ती श्रमिकको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थलमा पुगेको थियो ।
उद्धार कार्यमा ४० जना भन्दा बढी प्रहरीहरू खटिएको बताइएको छ।
मच्छेगाउँमा इनार खन्ने क्रममा एक पुरुष इनारभित्र फसे, प्रहरीद्वारा उद्दार (भिडिवो)
प्रहरीका अनुसार सुनसरीको इनरूवा ५ घर भएका करिब ४० वर्षीय लिडे उडाउ नाम गरेका श्रमिक इनारमा फसेका थिए ।
उद्धारपछि बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल पुर्याइएका उडाउलाई उपचारका क्रममा चिकित्सकले अपरान्ह ४ः०५ बजे मृत घोषणा गरेका हुन् ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।