बन्दीपुर केबलकार सेवा आज मंगलबार बन्द रहने

Thankot Times

थानकोट ।

तनहुँस्थित बन्दीपुर केबलकार सेवा आज मंगलबार (माघ २९) १ दिनका लागि बन्द रहने भएको छ । 

नियमित मर्मत तालिका अनुसार भोलि सो केबलकार सेवा बन्द रहने बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडले जनाएको छ ।

भोलि माघ ३० गतेबाट भने बन्दीपुर केबलकार सेवा पूर्ववत् सञ्चालन हुने बताइएको छ ।

कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ आगामी मंगलबार, २०८१/१०/२९ का दिन बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको सेवा १ दिनका लागि अस्थायी रूपमा बन्द रहनेछ। तपाईंहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। सुरक्षित, भरपर्दो, र प्रभावकारी सेवा सुनिश्चित गर्न आवश्यक प्रत्येक महिना मंगलवार दिन मर्मतसम्भार अनुरूप मर्मत कार्य गरिंदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *