सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: नेपाल एपीएफ स्कुल र ग्रिन भिलेजले अंक बाँडे

थानकोट ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेल बराबरीमा सकिएको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको नेपाल एपीएफ स्कुल कीर्तिपुरको बी टीम र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबीचको खेल समान २-२ गोलमा सकिएको हो ।
खेलमा ग्रिन भिलेजका सोपनिल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल १-१ को बराबरीमा पुग्यो । तत्पश्चात खेलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनको तर्फबाट आशिष चन्दले टिमका लागि दोश्रो गोल गरेपनि नेपाल एपीएफ स्कुल कीर्तिपुरका लागि सुभायु श्रेष्ठले १ गोल फर्काएपछि खेल २-२ को बराबरीमा सकिएको हो । खेलमा ग्रिन भिलेजका सोपनिल श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगितामा आइतबारबाट प्रि-क्वाटफाइनल चरणका खेलहरू सञ्चालन हुनेछन् ।
प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
आइतबार सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।