विजेश्वरी ज्ञान मन्दिरमा प्रधान सेनापती कप छात्रा तेक्वान्दो प्रतियोगिता सम्पन्न

Thankot Times

थानकोट ।

काठमाडाैंको डल्लुस्थित विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको आयोजनमा भएको  प्रधान सेनापती कप छात्रा तेक्वान्दो प्रतियोगितामा घरेलु टोलीले पहिलो स्थान हात पारेको छ ।

बिहीबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ३ रजत तथा ५ काँस्य पदक प्राप्त गरी आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ‘टिम ए’ ले टिम प्रथमको उपाधि जितेको हो ।

प्रतियोगितामा ‘द राइजिङ्ग फाइटर तेक्वान्दो डोजाङ्ग’की जेनी जोशी जुनियर तौल समूहतर्फको तथा आयोजक ‘विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय टिम-ए’की छात्रा एन्जिला मोक्तान एकल पुम्सेमा सर्वोत्कृष्ट अंक प्राप्त गरेकाले उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगितामा ४ स्वर्ण, १ रजत तथा ४ काँस्य पदक प्राप्त गरी ‘द राइजिङ्ग फाइटर तेक्वान्दो डोजाङ्ग’ टिम द्वितीय तथा २ स्वर्ण, २ रजत तथा ४ काँस्य पदक प्राप्त गरी विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ‘टिम बी’- टिम तृतीय भयो ।
प्रधान सेनापति अशोक राज सिग्देल तथा महाविद्यालयको संरक्षक संस्था सैनिक श्रीमती संघको तर्फबाट अध्यक्ष निता क्षेत्री सिग्देलले विजयीहरूका लागि शिल्ड, ट्रफी मेडल तथा नगद पुरस्कार वितरण गरेका थिए ।
सो समारोहमा काठमाडाैं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइ कृष्ण बलामी, काठमाडाैं महानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष इस्वरमान डंगोल, तेक्वान्दो संघ काठमाडौंका अध्यक्ष विक्रम खड्गी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *