माघ ३० गते चन्द्रागिरि केबलकार सेवा बन्द रहने

थानकोट ।
आउँदो बुधबारका दिन (माघ ३०) चन्द्रागिरि केबलकारको सेवा बन्द हुने भएको छ ।
नियमित सुरक्षा जाँच र मर्मतका लागि सो एक दिनका लागि केबलकार सेवा बन्द रहने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
फागुन १ गतेबाट भने केबलकार सेवा पूर्ववत् रुपमा सञ्चालन हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।