कमलपोखरीस्थित मःम पसलमा आगलागी, गम्भीर घाइतेको कीर्तिपुर अस्पतालमा उपचार हुँदै

थानकोट ।
काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागी भएको छ । बिहीबार बिहान करिब ८ः५० बजे ग्यास चुहावट भई आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
आगलागीमा परी ११ जना घाइते भएका छन् । उपचारका निम्ति उनीहरूलाई कीर्तिपुर बर्न अस्पतालमा पठाइएको परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।
घाइते भएका सबै ११ जना नै सोही मःम पसलका स्टाफ (कर्मचारी) रहेका उनले बताए । “घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ,”
घाइतेलाई सुरुमा हिमाल अस्पतालमा लगिएको थियो ।
त्यहाँबाट कीर्तिपुर पठाइएको हो ।
आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोली खटिएको थियो ।