नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति विवरण सार्वजनिक, फ्लाइओभरको काम ९५ प्रतिशत सकियो
थानकोट ।
राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ ।
आयोजनाले बुधबार सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार आयोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको छ ।
वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको छ ।
आयोजना निर्देशक ज्ञानेन्द्रकुमार झाका अनुसार आयोजना अन्तर्गत सुरुङ ब्रेक थ्रु भई अन्य काम भइरहेका छन् ।
अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत तीन वटा पुल अन्तर्गत बनिसकेका छन् । अब फ्लाइओभरको काम जारी छ ।
यो फ्लाइओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।