त्रिदेशीय महिला टी-२० शृङ्खलाः पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
थानकोट ।
महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो ।
यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने तेस्रो जितको खोजीमा छ । नेपाल सिरिजमा थाइल्याण्ड र नेदरल्याण्ड्ससँग समान २ पटक पराजित भएको छ ।
नेदरल्याण्डले नेपालसँगका दुवै खेल जित्दा थाइल्याण्डसँगको दुवै खेलमा पराजित भएको छ ।
सिरिजमा नेपाली टोलीको बाँकी खेलतालिका
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग
नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, रचना चाैधरी, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर