नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सवमा चन्द्रागिरि नगरपालिका सम्मानित
थानकोट ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) को २१औँ वार्षिकोत्सवका अवसरमा चन्द्रागिरि नगरपालिकालाई सम्मान गरेका छन् ।
मंगलबार कम्पनीको वार्षिकोत्सवका अवसरमा भद्रकालीस्थित कम्पनीको मुख्यालयमा आयोजित विशेष समारोहमा मन्त्री गुरुङले चन्द्रागिरि नगरका नगरप्रमुख घनश्याम गिरीलालाई प्रशंसा प्रत्रसहित सम्मान गरेका हुन् ।
चन्द्रागिरि नगरपालिकाले नेपाल टेलिकमसँग गर्दै आएको सहकार्य र नगरपालिकाले अघि सारेको डिजीटलाइजेसनको पहली कदम स्वरुप उक्त सम्मान प्रदान गरिएको टेलिकमद्धारा प्रदान गरिएको प्रशंसापत्रमा लेखिएको छ ।
पछिल्लो समय चन्द्रागिरि नगरले नगरपालिका अन्तर्गतका कार्यालयहरू (वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु) एवं नगरपालिका भित्रका सार्वजानिक स्थलहरुमा नेपाल टेलिकमका लिज लाइन, एनटी फाइबर, हटस्पट, सीसीटीभी कनेक्टीभिटी लगायत प्रयोग गरी सेवा प्रदान गरिरहेको छ ।