नेपाल टेलिकमका २०१ कर्मचारीलाई सुनचाँदीले बनेको पदक तथा एक महिनाको तलबसहित सम्मान
थानकोट ।
२१ औं वार्षिकोत्सवका अवसरमा नेपाल टेलिकमले आफ्ना कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदन गरेको छ ।
टेलिकमले मंगलबार २०१ जना कर्मचारीलाई ५ ग्राम सुन र २ तोला चाँदीमिश्रित पदक प्रदान गरेको हो ।
२० वर्ष भन्दा बढी काम गरेर दीर्घसेवा पदक प्राप्त गरेका सो संख्याका कर्मचारीलाई उक्त पदक र एक महिनाको तलबसहित सम्मान गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल तथा प्रबन्ध निर्देशक संगीता पहाडी लगायतको उपस्थितिमा भएको वार्षिकोत्सव कार्यक्रममा उनीहरुलाई उक्त पदक हस्तान्तरण गरिएको थियो ।