फिस्लिङ नजिक कार र ट्रक ठोक्किए
थानकोट ।
पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन् ।
दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।
दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका-४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी चौकी मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।
उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् ।
उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ ।
कार चालक पनि उनको उपचारका लागि गएका छन् ।
तस्वीरः अर्जुन नेवार