आईसीसी यू-१९ महिला टी-२० विश्वकप: दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो च्याम्पियन
थानकोट ।
आईसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।
भारतले लगातार दोस्रोपटक यू-१९ महिला विश्वकप जितेको हो ।
सन् २०२३ मा भएको पहिलो संस्करणको विश्वकप फाइनलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले हराउदै च्याम्पियन भएको थियो ।
फाइनलमा दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि गोंगडी त्रिशाले ३३ बलमा ८ चौकासहित अविजित ४४ रन जोडिन् । भने सानिका चाल्केले २६ रनको योगदान दिइन् ।
दक्षिण अफ्रिकाका लागि कायला रेयान्केले मात्र एक विकेट लिन सकिन् । त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८२ रनमा अलआउट भएको थियो ।
उसका लागि मिके भ्यान भोर्स्टले २३, जेम्मा बोथाले १६ तथा फे काउलिङले १५ रन जोडे ।
बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन् ।
भारतका लागि गोंगडी त्रिशाले तीन, वैष्णवी शर्मा, आयुषी शुक्ला र पारुनिका सिसोदियाले दुई-दुई विकेट लिए ।