साढे २ किलो अवैध लागूऔषधसहित चेकपोष्ट बस्ने किशोरी पक्राउ

Thankot Times

थानकोट ।

नागार्जुन नगरपालिका-४ लामाथुम्की डेरा गरी बस्ने कीर्तिपुर नगरपालिका-४ घर भएका ६२ वर्षीय राजु मगरलाई अवैध लागूऔषध गाँजा १ किलो २५ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ २ किलो ५ सय ग्रामसहित चन्द्रागिरि नगरपालिका-७ बस्ने १८ वर्षीया किशोरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा तथा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *