सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका शाखा अधिकृतमाथि भ्रष्टाचार मुद्दा दायर
थानकोट ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईँविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीविरुद्धको मुद्दा दर्ता भएर थुनछेक बहस पनि सुरु भएको विशेष अदालतले जनाएको छ ।
अख्तियारका अनुसार उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप छ । मुद्दाको साथमा अदालतमा पेश भएका उनीविरुद्धको थुनछेक बहस सुरु भइसकेको छ ।
उनलाई अख्तियारले १४ पुस, २०८१ मा तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।