त्रिदेशीय महिला टी-२० क्रिकेट सिरिजः आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज आइतबार नेदरल्यान्ड्ससँग खेल्दैछ ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो ।

शृङ्खलामा बिहीवार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।

त्यस्तै हिजो थाइल्याण्डसँग नेपाल चार विकेटले पराजित भयो ।

थाइल्याण्डले अस्ति भएको खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थियो ।

त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।

प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्याण्डबीच खेल हुनेछ ।

लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *