बाँडभञ्ज्याङस्थित चण्डिकादेवी माविका पूर्व प्रधानाध्यापक गोविन्द बुढाथोकीको निधन
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक गोविन्द बुढाथोकीको निधन भएको छ ।
चन्द्रागिरि नगरपालिका-१ दहचोक घर भएका बुढाथोकी २०४२ सालबाट २०८० भदाै १८ गतेसम्म शिक्षण पेशामा आवद्ध थिए ।
उनले २०५१ सालदेखि २०८० भदाै १८ सम्म चण्डिकादेवी माध्यमिक विद्यालयको नेतृत्व गरेको बुढाथोकीका सहकर्मी दिनेश दाहालले जानकारी दिए ।
बुढाथोकीको शनिबार निधन भएको बताइएको छ ।