बागमती प्रदेश शारिरिक सुगठन तथा फिटनेस संघको पहिलो साधरणसभा सम्पन्न

Thankot Times

थानकोट ।

बागमती प्रदेश शारिरिक सुगठन तथा फिटनेस संघको प्रथम साधरणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघ गठन गरेको छ ।

शारीरिक सुगठन केन्द्रीय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्व एआइजी विजयलाल कायस्थ, काठमाडौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, भारातोलन संघका अध्यक्ष राम श्रेष्ठ, शारीरिक सुगठन काठमाडौ संघका अध्यक्ष सुरेश सुवेदी, भक्तपुर संघका अध्यक्ष ज्ञानेन्द्र मानन्धर, ललितपुर संघका अध्यक्ष प्रज्वल शाक्य लगायतको उपस्थितिमा सो साधारण सभा सम्पन्न भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *