चन्द्रागिरि नगरमा मेलम्ची खोलाको पानी ल्याउन विशेष पहल हुँदैछ- खानेपानी मन्त्री यादव

Thankot Times

थानकोट ।

खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको वितरण पाइपलाइन हाल काठमाडौं उपत्यकाको चक्रपथ केन्द्रीत रहेकोले सो को क्षेत्र विस्तार हुने बताएका छन् ।

चन्द्रागिरि नगरपालिका-२, वाडभञ्ज्याङस्थित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौं वार्षिक साधारण सभामा बोल्दै मन्त्री यादवले चन्द्रागिरि नगरपालिकामा पनि मेलम्चीको पानी ल्याउन विशेष पहल गरिने बताए। ‘‘चन्द्रागिरि नगरपालिकामा खानेपानीको उच्च माग छ। मेलम्ची आयोजनाको सेवा विस्तारका लागि आवश्यक पहल गर्दैछु,’’ मन्त्री यादवले भने।

सो क्रममा मन्त्री यादवले  ‘जनताको पानी, सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक खानेपानी प्रणालीमा आर्थिक भार सिर्जना गर्ने कर हटाउने समेट प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बोल्दै उनले सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गर्ने घोषणा गरेका छन्।

मन्त्री यादवले उपभोक्ता समितिहरूलाई थप सशक्त बनाउन सरकार लागिपरेको उल्लेख गरे। ‘‘देशभरका ४२ हजार उपभोक्ता समितिलाई व्यवस्थित बनाउन माघ १० गते नयाँ नियमावली राजपत्रमा प्रकाशन गरिसकेका छौँ, जसले उपभोक्ताहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ,’’ उनले भने, ‘‘खानेपानीमा लगाइएको कर हटाउनेछु।’’


Leave a Reply

Your email address will not be published. Required fields are marked *