पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँ बढाइएको हाे ।

निगम सञ्चालक समितिको निर्णयले शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६७ रुपैयाँ पर्छ ।

सुर्खेत र दाङ क्षेत्रमा १६६ र अरु क्षेत्रमा १६४ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६० रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५९ रुपैयाँ र अरु क्षेत्रमा १५७ रुपैयाँ ५० पैसा पर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *