राष्ट्रिय महिला लिगको उपाधि एपीएफकाे पाेल्टामा

थानकोट ।
फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ४–० गोल अन्तरले जित निकाल्दै अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले राष्ट्रिय महिला लिगको उपाधि जितेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन सविता रानामगरले दुई र सरु लिम्बूले एक गोल गरिन् ।
सबै गोल दोस्रो हाफमा भएको हो । खेलको ६४ औँ मिनेटमा सविताले गोल गर्दै एपीएफलाई अग्रतामा राखेकी थिइन् । त्यसको पाँच मिनेटपछि नै सरुले एपीएफको अग्रता दोब्बर बनाइन् । त्यस्तै, खेलको निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा सविताले दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अग्रतामा राखिन् ।
खेलको इन्जुरी समयमा अनु लामाले गोल गरेपछि एपीएफले अग्रतालाई ४–० मा पुर्याएको थियो । अनु खेलको ५०औँ मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । घरेलु फुटबलमा अनुको यो अन्तिम खेल समेत हो । यस खेलसँगै उनले व्यावसायिक फुटबलबाट समेत सन्यास लिएकी छन् ।
यसअघि एपीएफले दुई वर्षअघि भएको प्रतियोगिताको पछिल्लो संस्करणको पनि उपाधि जितेको थियो ।
तस्वीर: एन्फा