चन्द्रागिरि-२ का वडाध्यक्षले रकम लिएकाे विशेष अदालतकाे ठहर, फैसलाकाे पूर्णपाठ आउन बाँकी
थानकोट ।
विशेष अदालतले चन्द्रागिरि नगरपालिका वडा नं २ का वडाध्यक्ष उद्योगकाे स्थानान्तरण सिफारिस दिन ‘रकम लिएको’ प्रकरणमा दाेषी भएको ठहर गरेको छ।
साे ठहरसँगै वडाध्यक्ष तामाङलाई विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६ महिना कैद र बिगो चार लाख कायम गरी त्यति नै जरिवाना हुने फैसला गरेको छ । यद्यपि साे फैसलाकाे पूर्णपाठ आउन बाँकी छ।
उद्योगको ठाउँसारीका लागि सिफारिस चार लाख रुपैयाँ लिएकाे अभियाेग लागेका वडाध्यक्ष भाइकृष्ण तामाङलाई विशेष अदालतले मंगलबार दोषी ठहर गरेको हो ।
वडाध्यक्ष तामाङले ललितपुर महानगरपालिका-२२ नख्खुबाट चन्द्रागिरि नगरपालिका-२ मा एक उद्याेग ठाउँसारी गर्न र विद्युत जडान समेतको सिफारिस लिनका लागि ध्रुवबहादुर कडायतमार्फत घुस मागेकाे उजुरीका आधारमा अख्तियारले गत असार २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले कडायतलाई समेत ६ महिना कैद र बिगो चार लाख कायम गरी त्यति नै जरिवाना हुने फैसला गरेको छ ।
विशेष अदालतकाे फैसला पढ्नुहाेस्: