इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ
![इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ](https://www.thankottimes.com/wp-content/uploads/2024/11/arrested-1.webp)
थानकोट ।
स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जनालाई प्रहरीले काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् ।
उनलाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।