दक्षिणकाली नगरमा माघ १८ गते स्थानीय बिदा

Thankot Times

थानकोट ।

दक्षिणकाली नगरपालिकाले यही माघ १८ गते शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरको माघ १३ गते बसेको कार्यपालिका बैठकले माघ १८ गते शुक्रबार स्थानीय सोनाम ल्होसार/तामा ल्योछार पर्व मनाउन नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, दक्षिणकाली नगर अस्पतालसहित नगरका अन्य स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू तथा नगर अन्तर्गतका अन्य कार्यालयहरूमा समेत स्थानीय पर्व बिदा दिने निर्णय गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सो दिन दक्षिणकाली नगर अस्पतालमा आकस्मिक सेवा भने सुचारु रहनेछ ।

यही माघ १६ गते बुधबार शहिद दिवस र माघ १७ गते बिहीबार ल्होसारका अवसरमा गृह मन्त्रालयले देशभर सार्वजनिक बिदा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ