थानकोट-धुलिखेल सिधा यात्रु बस सेवा सुरु, महानगर यातायातका ४० बस गुड्ने, भाडा १ सय रुपैयाँ
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०४ थानकोट गाेदाम चाेकबाट काभ्रेपलान्चोक जिल्लाकाे धुलिखेलसम्म यात्रु बस सेवा सुरु भएको छ।
महानगर यातायात प्रालिले बिहीबारबाट थानकोट-धुलिखेल रुटमा यात्रु बस सेवा सुरु गरेको हाे ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले रिबन काटेर साे बस सेवा आरम्भ भएकाे घाेषणा गरेका हुन् ।
महानगर यातायातले यस रुटमा ४० वटा बस गुडाउने छ । सो अघि टाटा मोटर्सको नेपाल बिक्रेता सिप्रदी ट्रेडिङले महानगर यातायात प्रालिलाई ४० वटा बसको साँचो हस्तान्तरण गरेको थियो ।
हालका लागि ती बस थानकोट गाेदाम- चेकपोस्ट-सतुङ्गल-कलंकी-बल्खु- काेटेश्वर- भक्तपुर- बनेपा हुँदै धुलिखेलसम्म पुग्नेछन् । फर्कँदा भने ती बस काेटेश्वरबाट सिनामंगल- चक्रपथ- कलंकी हुँदै थानकोट गाेदाम पुग्नेछन् । यद्यपी केही बस दुवै रुटमा गुड्ने बताइएको छ ।
करिब ४० किलोमिटर दूरीकाे यस रुटकाे भाडा १ सय रुपैयाँ कायम गरिएको छ ।
जुन नेपाल सरकारले निर्णय अनुसार समायोजन हुँदै जाने महानगर यातायातकाे भनाई छ ।
प्रालिले २० करोडको लगानीमा ४० वटा बस नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ।
२०७२ सालमा काठमाडौं चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो।
महानगरले अन्य रुटहरूमा पनि यातायात सञ्चालनका लागि तयारी गरिरहेको सो कम्पनीका अध्यक्ष मधुसूदन उपाध्याय अधिकारीले जानकारी दिए । उनका अनुसार कम्पनीले छिट्टै महानगर यातायातलाई पब्लिक कम्पनी लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ।
सो सँगै आइपिओ समेत जारी गर्ने कम्पनीको योजना रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।