आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
थानकोट ।
सत्तारूढ दल नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ ।
जसअनुसार वि. सं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा विधान अधिवेशन गर्ने निर्णय एमालेले गरेको हो ।
मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।
यसअघि एमालेले ०७८ असोज दोस्रो साता विधान अधिवेशन गरेको थियो ।
उक्त अधिवेशनबाट विभिन्न १६ वटा प्रस्ताव पारित भएको थियो ।