चन्द्रागिरिसहित काठमाडौंका विभिन्न स्थानमा दैनिक ५ घण्टा बिजुली काटिने सूची सार्वजनिक

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज (बुधबार) देखि दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले हिजो (मंगलबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको जनाएको छ । 

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।  

प्राधिकरणका अनुसार विद्युत् अवरुद्ध माघ ९ गते (आज)देखि १८ गतेसम्म हुनेछ । 

आज बुधबार कलंकी फिडर (कुलेश्वर)अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

भोलि माघ १० गते कोटेश्वर फिडर अन्तर्गतका तीनकुने पुलदेखि महादेव खोला क्षेत्रमा बिजुली सेवा अवरुद्ध हुनेछ ।

माज्घ १२ गते शनिबार भने बलम्बु फिडरको बलम्बु क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ यस्तै माघ १६ गते बुधबार मातातिर्थ फिडरअन्तर्गत मातातिर्थ वरपरका क्षेत्रमा बिजुली सेवा अवरुद्ध हुनेछ । सूचना हेराैंं


Leave a Reply

Your email address will not be published. Required fields are marked *