अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ

Thankot Times

थानकोट ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् ।

उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाएका छन् ।

यसअघि शपथ समारोह क्यापिटल हिल बाहिर हुने गरेको भएता पनि यो पटक मौसम अत्यधिक चिसो भएकोले क्यापिटल हिलभित्र आयोजना गरिएको थियो । ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो। साथै जेडी भान्सले पनि अमेरिकाको उपराष्ट्रपतिको शपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।

शपथ ग्रहण गरेपछि ट्रम्पले राति १० बजेतिर कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारीमा छन् ।

शपथ ग्रहण अघि उनी सेन्ट जोन्स चर्चमा पुगेका थिए ।

दोस्रोपटक राष्ट्रपति बनेका ट्रम्प पत्नी मेलानिया र परिवारका सदस्यसहित समारोहमा पुगेका छन् ।

रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए ।

तस्वीरः इपीए


Leave a Reply

Your email address will not be published. Required fields are marked *