चन्द्रागिरि ४ नंं वडा कार्यालयले ७० वर्ष पूरा भएका वडाबासीहरूको निःशुल्क स्वास्थ्य जाँच गर्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नंं ४ को कार्यालयले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ ।

वडाध्यक्ष कृष्णप्रसाद खड्गीका अनुसार सो वडामा स्थायी बसोबास गरिरहेका ७० वर्ष उमेर पूरा भएका नागरिकहरूले सो सुविधा पाउनेछन् ।

असार १८ गते शनिबार थानकोट प्राथमिक अस्पतालमा उक्त उमेर समुहका नागरिकहरूको निःशुल्क स्वास्थ्य जाँच तथा दीर्घ रोगीहरूका लागि औषधी वितरण हुने जनाइएको छ ।

वडा कार्यालयको सूचना हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *