कलंकीदेखि-थानकोटसम्म ‘केबल अन्डर ग्राउन्ड’ को कार्य ८० प्रतिशत सम्पन्न

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरणको ‘केबल अन्डर ग्राउन्ड’ कार्य काठमाडाैंका विभिन्न क्षेत्रमा भइरहेको छ । यद्यपी तार भूमिगतको काम पूरा हुन अझै ६ महिनाभन्दा बढी लाग्ने देखिएको छ ।

साढे दुई वर्षमा सक्ने भनेर सुरु गरिएको परियोजनाको काम पाँच वर्षसम्म नसकिँदा लागत पनि बढेको छ ।

उसै त थानकोट-कलंकीको साघुँरा सडक, त्यसमाथि तार भूमिगत गर्दा बिच्छ्याउने संरचनाले गर्दा जाम बढी रहेको छ । यस क्षेत्रमा करिब ८० प्रतिशत कार्य सम्पन्न भएको निर्माण पक्षले जनाएको छ ।

भूमिगत तारको काम कलंकीदेखि–थानकोट, त्रिपुरेश्वरदेखि–लैनचौर, माइतीघर–तीनकुनेतर्फ धमाधम काम भइरहेको परियोजना प्रमुख तारा प्रधानको भनाइ छ ।

काठमाडौंको न्युरोड, कीर्तिपुर, पेप्सीकोलालगायत स्थानमा भूमिगत तरिकाले बिजुली वितरण सुरु गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *