कस्ताे रहला आज आइतबार दिनभरकाे माैसम ?
थानकोट ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्को भनाइ छ ।
आज आइतबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
आज दिनभर कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सफा रहने पूर्वानुमान छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिनभर र रातिसम्म पनि आंशिक बदली रहने विभागको पूर्वानुमान छ ।