नारायणी यातायातलाई थानकोट गोदाममा पुनः बसपार्क सञ्चालन गर्न पत्राचार

थानकोट ।

नारायणी यातायातलाई थानकोट गोदाममा बसपार्क राख्न अनुरोध गरिएको छ । 

चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित थानकोट गोदाम चोकमा परम्परागत रूपमा रहेको बसपार्क कलंकीमा सरेको लामो समयपछि पुनः गोदाम क्षेत्रमा बसपार्क सञ्चालन गर्न वडा कार्यालयले नारायणी बस व्यवसायी संघलाई पत्राचार गरेको हो । 

सो स्थानमा बसपार्क सञ्चालन भएसँगै चित्लाङ-पालुङका यात्रुलालाई सहज हुने वडा कार्यालयको बुझाई छ । यस्तै, बसपार्क सञ्चालनमा 
आएमा नगर प्राथमिक अस्पताल आवत जावतमा समेत सहजता हुने सो सिफारिस पत्रमा उल्लेख छ । 

यस्तो छ चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटले थानकोट गोदाम चोकमा बसपार्क राख्न नारायणी बस व्यवसायी संघलाई लेखेको पत्रको पूर्ण पाठः

यस चन्द्रागिरि नगरपालिका वडा न. ४ थानकोट गोदाम चोकमा परम्परागत रुपमा रहेको चित्लाङ बसपार्क कलंकी सर्न गएको सबैमा जानकारी नै छ । सो बसपार्क गोदाम चोकमा राख्दा गोदामबाट चित्लाङ-पालुङका स्थानियलाई आवत जावत गर्न सहज हुने, स्थानीय गाडी चल्न सहज हुने गोदामका सबै जनतालाइ पायक पर्ने, थानकोट अस्पतालमा आवत जावत गर्न बिरामीलाइ यातायातको सुविधा हुने तथा बजार व्यवस्थापन गर्न समेत सहज हुने हुँदा उक्त बसपार्क गोदामचोकमा राख्न अति आवश्यक भएकोले पत्राचार गरिदिनुहुन भनी स्थानीय जनताबाट माग आएको र सो माग मनासिब रहेकोले परम्परागत रुपमा रहेको चित्लाङ बसपार्क गोदाम चोकमा सार्न उपयुक्त हुने व्यहोरा सिफारिस साथ अनुरोध छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *