डलर हालसम्मकै महंगो, एक डलरलाई एक सय २६ रूपैयाँ बढी
थानकोट ।
बुधबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ।
बुधबार एक डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ रूपैयाँ तिर्नुपर्ने भएको हो।
डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ। अथात् भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर।
मंगलबार भारतीय बजारमा एक डलरको लागि ७८.८३ भारु सम्ममा कारोबार भइरहेको थियो। भारतीय मुद्रा पनि हालसम्मकै कमजोर भएको हो।