कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा बडू नियुक्त

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले संसदीय खाली भएका तीनवटा संसदीय समितिको संयोजक नियुक्त गरेको छ ।

बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले संसदीय दल अनुशासन समिति निर्माण गर्ने निर्णय गर्दै संयोजक दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ । 

त्यस्तै बैठकले अर्थ समितिमा डा. प्रकाशशरण महत, कृषिमा चन्दा चौधरी र सञ्जय गौतमलाई सार्वजनिक लेखा समितिमा नियुक्त गरेको छ । 

कांग्रेस संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक एक जना संयोजक तोक्ने व्यवस्था छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ