वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक

Thankot Times

थानकोट ।

गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जो सुकैलाई कारबाही गर्ने जानकारी दिएका छन् ।

सो पार्टीका सभापति शेर बहादुर देउवाको निवासमा भएको बैठकबाट बाहिरिने क्रममा उनले सो कुरा बताएका हुन् ।

‘यो देशमा लोकतन्त्र छ । मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने र कानुन विपरीत काम गर्ने जो सुकैलाई कारबाही हुन्छ‚’ उनले भने‚ ‘यो गलत काम भएको छ ।

यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ