माओवादी पदाधिकारी बैठक बस्दै, कार्य विभाजन टुङ्ग्याउने तालिका

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ । 

नेताहरूको जिम्मेवारी टुङ्ग्याउन र अभियानबारे कार्ययोजना बनाउन पदाधिकारी बैठक बोलाइएको नेताहरूले बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक(पुस २१–२३ गते) ले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो ।

बैठक प्रचण्ड निवास खुमटारमा बस्ने तय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ