चन्द्रागिरि नगरमा दोश्रो प्राविधिक शिक्षालय स्थापनाका लागि समेत वचन पाएको छु- नगरप्रमुख घनश्याम गिरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले नगर क्षेत्रमा दोश्रो प्राविधिक शिक्षालय स्थापनाका लागि समन्वय भइरहेको बताएका छन् ।

मंगलबार बलम्बुमा आयोजित बलम्बु प्राविधिक शिक्षालयको उद्घाटन समारोहमा नगरप्रमुख गिरीले सो जानकारी दिएका हुन् ।

नगरको थप अर्को सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयमा रुपान्तरणका लागि संरचना निर्माणका लागि दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेशन र सोड नेपालसँग  छलफल भइरहेको र ती संस्थाले नगरपालिकाको प्रस्तावमा सकरात्मक जवाफ दिएको नगरप्रमुख गिरीको भनाइ छ ।

करिब २ करोड ५० लाख ५० हजार रूपैयाँको लागतमा बलम्बुमा चार वटा प्राविधिक विषय अध्ययन अध्यापनका लागि शिक्षालय तयार भएको हो।

जसमा चन्द्रागिरि नगरपालिकाले ३० प्रतिशत र दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेशनले ७० प्रतिशत लागत साझेदारी गरेका हुन् ।

थप पढ्नुहोस्ः

बलम्बुमा सुविधा सम्पन्न प्राविधिक शिक्षालय उद्घाटन, चार वटा प्राविधिक विषयमा पढाइ हुने


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ