सिलौटोको खाजामा साङ्ला भेटिएपछि….
थानकोट ।
काठमाडौंको अनामनगरस्थित सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैंयाँ जरिवाना तिराएको छ ।
सोमबार ट्रक व्यवसायी महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमको खाजामा साङ्ला भेटिएको थियो ।
खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलौटो रेस्टुरेन्टलाई तीन लाख रुपैंयाँ जरिवाना तिराइएको विभागका सूचना अधिकारी डिक बहादुर कार्कीले जानकारी दिए ।
‘सोमबार दिउँसो भएको एक कार्यक्रममा वितरण गरिएको खाजामा किरा भेटिएको उजुरी आएको थियो । हाम्रो अनुगमन टोली किरा भेटिएको पुष्टि गरेपछि तीन लाख रुपैंयाँ जरिवाना गराएका छौं,’ कार्कीले भने ।