७१ जिल्लामा भूमि आयोग गठन, काठमाडाैंको अध्यक्षमा कागेश्वरीका कृष्णजी खड्का

Thankot Times

थानकोट ।

देशका ७१ जिल्लामा भूमि आयोग गठन भएको छ ।

सोमबार भूमि व्यवस्था मन्त्रालयले ती जिल्लाहरूमा आयोगका अध्यक्षको नियुक्ति गरेको हो ।

नियुक्तिसँगै उनीहरूको शपथ ग्रहण समेत भएको छ ।

पहिलो चरणमा प्राविधिक कारणले शपथ हुन नसकेका ६ जिल्ला र ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका सदस्यहरूको सम्बन्धित प्रदेशमै शपथग्रहण कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *