सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो कारोबार दिन गत शुक्रबारको तुलनामा सुनको मूल्य आइतबार तोलामा १ हजार ६ सय रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार आइतबार छापावाल सुन मोल तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
आइतबार चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ ।
अघिल्लो कारोबार दिन गत शुक्रबार तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ ।