निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न चन्द्रागिरिबाट २९ जनाको टोली दोलखा पुग्यो

Thankot Times

थानकोट ।

लायन्स क्लब अफ काठमाडाैं इन्द्र अन्नपूर्ण योगा, लायन्स क्लब अफ चन्द्रगिरि डिलाइट्स, ओम समाज डेन्टल अस्पताल, फ्रन्टलाइन अस्पताल एवं मातृका आइ सेन्टरको संयुक्त तत्वावधानमा दोलखा जिल्लाको कालिञ्चोक गाउँ पालिका-४ हिलेपानीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

शनिबार (पाैष २७) सञ्चालन हुने शिविरमा आँखा जाँच, महिला स्वास्थ्य (प्रसुति), सामान्य चिकित्सा एवं दन्त रोग परीक्षण हुने बताइएको छ ।

शिविर सञ्चालनका लागि विशषेज्ञ चिकित्सक सम्मिलित २९ जनाको टोली शुक्रबार दोलखा प्रस्थान गरेको छ ।

शिविरमा करिब ३५० जनाले सेवा लिने अपेक्षा गरिएको ओम समाज डेन्टल अस्पतालका निर्देशक डा. सुभाष घिमिरेको भनाइ छ ।

कालिञ्चोक गाउँपालिकाले समेत सो शिविर सञ्चालनमा सहजीकरण गर्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ