पोखराबाट काठमाडाैं आउँदै गर्दा रास्वपा सभापति लामिछानेले रोजे धार्के-सितापाइला सडक

Thankot Times

थानकोट ।

स्थलमार्ग हुँदै पोखराबाट हिंडेका थिए रास्वपा सभापति रवी लामिछाने काठमाडाैं आइपुग्दै छन् ।

बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आएका हुन् ।

शुक्रबारसाँझ करिब ६ बजे उनी धार्के आइपुगेको बताइएको छ ।

लामिछाने हवाई मार्गबाटै काठमाडौं आउने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएपछि स्थलमार्गबाटै पोखराबाट काठमाडौं हिंडेका रास्वपा कार्यबाहक प्रवक्ता झाले बताए ।

गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो, सो क्रममा उनी सीतापाइला-धार्के हुँदै पोखरा लगिएका थिए ।

कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *