अनुशासन उल्लङ्घन गरेको देखिएपछि एमाले काठमाडाैं जिल्ला सदस्य पार्टी सदस्यबाट निलम्बित
थानकोट ।
नेकपा (एमाले)का काठमाडौं जिल्ला समिति सदस्य पूर्णमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार आरोपमा पुस २२ मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
काठमाडौंको शंकरापुर नगरपालिका–१ घर भएका लामालाई पार्टीले निलम्बन गरेको छ ।
पक्राउ परेपछि नेकपा (एमाले)काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गरेर उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।